लामो समयपछि कोर्टमा फर्किए बिवेक

लामो समयपछि कोर्टमा फर्किए बिवेक

विराटनगर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१।१४, २१।१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

बिवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्व राष्ट्रि«य च्याम्पियन भोजपुरकै रत्नजित तामाङ्गलाई पराजित गर्दै च्याम्पियन भएका थिए । यस्तै उनी सिनियर तर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिष्ट र पुरुष युगल तर्फका पनि फाईनलिष्ट खेलाडी रहिसकेका छन् । निकैनै स्तरिय खेल प्रदर्शन गर्ने र सम्भावित राष्ट्रिय च्याम्पियनको रुपमा हेरिएका खेलाडी बिवेकले ३ बर्ष अगाढी सुनसरीको ईटहरीमा भएको ७ औं पुष्पलाल ¥याङ्किङ्ग राष्ट्रि«य ब्याडमिन्टन प्रतियोगिता पश्चात घरायसी कारणले खेललाई अगाडी बढाउन सकेका थिएनन् ।

बिवेकले पुरुष युगल तर्फ पनि जित निकाले । उनले बिशाल तामाङ्ग संग मिलेर दिङ्गला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङ्गको जोडीलाई २१।१७, २१।१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अन्तिम आठमा स्थान बनाउने क्रममा नंम्बर १ खेलाडी रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी पनि दिङ्गला भोजपुरका दावा शेर्पा र नरेन्द्र तामाङ्गको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी खोटाङ्गका विजय राई र सविन श्रेष्ठको जोडीलाई २१।७, २१।११, सुनसरीका सुजन श्रेष्ठ र झापाका प्रनिश सिंह ठकुरीको जोडी बेलबारीका अजय चौधरी र मंदीप घलेको जोडीलाई २१।१८, २१।१५, भोजपुरका प्रविन बस्नेत र सुभाष तामाङ्गको जोडी संखुवाससभाका सुनिल कार्की र निशान कटुवालको जोडीलाई २१।१०, १७।२१, २१।१४, सुनसरीका प्रकास लिम्बु र सत्यम सुब्बाको जोडी बेलवारीका नविन राई र लाक्पा शेर्पाको जोडीलाई २२।२०, २१।१७, बेलटारका बिनय चौधरी र सनिल चौधरीको जोडी भोजपुरका सुरोज मगर र मनोज श्रेष्ठको जोडीलाई २१।१६, २१।१८ले तथा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी खोटाङ्गका प्रेम जोशी र दीपक खत्रीको जोडी बाट वाक ओभर प्राप्त गर्दै अन्तिम आठमा पुगे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सुनसरीका सुजन श्रेष्ठ, पाँचथरका दिवस शंकर, झापाका प्रनिश सिंह ठकुरी, पाँचथरका एशिया जवेगु, सोलुखुम्बुका पेम्बा शेर्पा, ईटहरी ब्याडमिन्टन क्बलका भोज बहादुर गुरुङ्ग र संखुवासभाका पविन लिनथेप रहेका छन् । सुजनले भोजपुरका सुवाष तामाङ्गलाई २२।२०, १७।२१, २१।१३ , दिवसले चौदण्डीगढी नगरपालिका, बेलटारका बिनय चौधरीलाई २१।१६, २१।१०, प्रनिशले दिङ्गला भोजपुरका बुद्ध तामाङ्गलाई २१।१२, २१।१०, एशियाले भोजपुरका बिशाल तामाङ्गलाई २१।१६, १२।२१, २३।२१, पेम्बाले भोजपुरका सुरज रानालाई २१।१६, २१।१४, भोजले भोजपुरकै प्रविन बस्नेतलाई १४।२१, २१।८, २१।१२ र पविनले गाईघाट उदयपुरका सुवेश राईलाई २१।६, २१।१० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
महिला एकल तर्फ सुनसरीकी सृष्टि चामलिङ्ग राईले बेलटारकी स्मृती राईलाई २१।९, २१।११, बेलटारकी रोजी राईले भोजपुरकी मेनुका तामाङ्गलाई २१।१६, २१।८ र धनकुटाकी अरुणा तामाङ्गले भोजपुरकी मन कुमारी राईलाई २१।६, २१।५ ले पराजित गर्दै अन्तिम आठ प्रवेश गरे ।

यु १७ छात्रा तर्फको खेलमा मोरङ्गकी रोज पाण्डे र बेलटारकी रोजी राई सेमिफाईनल प्रवेश गरे । पाण्डेले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सन्ध्या श्रेष्ठलाई २१।८, २१।३ले तथा राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका आरजु सिग्देललाई २१।८, २१।१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरका हुन् । यस्तै बेलटारकी स्मृती राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेस्ना गुरुङ्गलाई २१।१९, २१।१६ ले तथा सुनसरीकी सृष्टि चामलिङ्ग राईले अन्जना राईलाई २१।१७, १७।२१, २१।१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
ब्वाईज तर्फको खेलमा भोजपुरका युनिश राई चौदण्डी नगरपालिका, बेलटारका बिनय चौधरी संग पराजित भए । बिनयले राईलाई २१।६, २१।८ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरे । अव बिनयले फाईनल प्रवेशका लागि ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ्गको सामना गर्ने भएका छन् । भोजले संखुवासभाका निशान कटवाललाई १९।२१, २१।१०, २१।१५ ले पराजित गरे । यस्तै अर्को खेलमा सुनसरीका सत्यम सुब्बा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भए । सत्यमले चौदण्डीगढीका सनिल चौधरीलाई २१।१४, २१।१० ले पराजित गर्दै फाईनल प्रवेशका लागि खोटाङ्गका सनम राई संग भिड्ने भएका छन् । सनमले संखुवासभाका सुनिल कार्कीलाई १८।२१, २४।२२, २१।१६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले भोजपुरका साना बालबालिकालाई ब्याडमिन्टन खेल प्रति आकर्षण गर्न आयोजना गरिएको ब्वाईज यु १३ तर्फको खेलमा तयाबुङ्ग राईले अभि राईलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । तयाबुङ्गले अभिलाई २।० ले पराजित गरेका थिए । यसैगरि अश्विन मोक्तानले रश्मन राईलाई २।१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अर्को क्वाटरफाईनल खेलमा प्रमिश राईले दिपांशु गुरुङ्गलाई तथा मेवुङ्ग राईले समिर राईलाई समान २।० अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । क्वाटरफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा रश्मन राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका सिमोन कार्कीलाई र दिपांशु गुरुङ्गले दीप तामाङ्गलाई २।० ले पराजित गरेका थिए । दीप ६ बर्षका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्