विवेकको यात्रा सेमिमा सिमित

विवेकको यात्रा सेमिमा सिमित

विराटनगर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं। १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९।२१, ८।२१ ले पराजित हुन पुगे । अव उपाधीका लागि दिवसले आफ्नै जिल्लाका एशिया जवेगु संग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेप माथि १५।२१, २१।८, २१।१७ को जित निकाले ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ भोजपुरकी नङ्गश देवी तामाङ्गले जित हात पार्दै फाईनल यात्रा तय गरिन् । उनले सुनसरीकी सृष्टी चामलिङ्ग राईलाई २१।९, २१।८ले पराजित गर्दै उपाधी निकट पुगेकी हुन् । नङ्गशलले अव उपाधीका लागि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशी संग प्रतिस्पर्धा गर्ने छिन् । सिमाले सेमिफाईनलमा मोरङ्गकी रोज पाण्डेलाई २१।१२, २१।१३ले पराजित गर्दै नङ्गशल संगको भेट पक्का गरेककी हुन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा भोजपुरका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी फाईनल प्रवेश गरे । नविन र रत्नको जोडीले झापाका प्रनिश सिंह ठकुरी र सुनसरीका सुजन श्रेष्ठको जोडीलाई २१।१९, २२।२०ले पराजित गरे । अर्को खेलमा संखुवासभाका पविन लिनलेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले सुनसरीका प्रकास लिम्बु र सत्यम सुब्बाको जोडी माथि १०।२१, २१।१५, २१।१२ को जित निकाल्दै फाईनल पुगे ।

यु १७ ब्वाईज एकल प्रतिस्पर्धामा सुनसरीका सत्यम सुब्बाले जित निकाल्दै फाईनल यात्रा तय गरे । उनले खोटाङ्गका सनम राईलाई समान २१।८ ले पराजित गरे । यस्तै अर्को खेलमा चोदण्डीगढीका बिनय चौधरीले रिटायर्ड हर्टका कारण प्रतिस्पर्धा त्यागे पछि ईटहरी ब्याडमिन्टन एकेडेमीका भोजबहादुर गुरुङ्ग फाईनल प्रवेश गरे । गल्र्स तर्फ मोरङ्गकी रोज पाण्डे र सुनसरीकी सृष्टी चामलिङ्ग राईले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । रोजले चौदण्डीगढी नगरपालिका, बेलटारकी रोजी राईलाई २१।१२, २१।९ ले तथा सृष्टीले पनि चौदण्डीगढी नगरपालिकाकी स्मृती राईलाई २१।७, २१।१० ले पराजित गरे ।

गल्र्स १३ तर्फको खेलमा उपमा खड्का र निमा तामाङ्ग फाईनल प्रवेश गरे । खड्काले रितु तामाङ्गलाई र निमाले अंशु श्रेष्ठलाई समान २।० ले पराजित गर्दै फाईनल उपाधी निकट पुगेका हुन् । ब्वाईज तर्फ तयाबुङ्ग राई र मिबुङ्ग राईले फाईनलमा प्रतिस्पर्धा गर्ने छन् । तयाले अश्बिन मोक्तानलाई र मिबुङ्गले प्रमिश राईलाई समान २।०ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्