रत्न र नविनको जोडीलाई उपाधी

रत्न र नविनको जोडीलाई उपाधी

विराटनगर । भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१।१८, २१।८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १५ हजार मेडल, प्रमाण पत्र प्राप्त गरे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एशिया जवेगु माथि संघर्षपूर्ण जित निकाल्दै उपाधी चुमे । दिवसले एशिया माथि २२।२०, १९।२१, २२।२० को सघर्षपूर्ण जित हात पारेका हुन् । बिजयी खेलाडीले नगद २५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । उपबिजयी खेलाडीले नगद १५ हजार, मेडल प्रमाण पत्र तथा तृतीय हुनेले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला तर्फको खेलमा नेपाल नंम्बर एक भोजपुरकी नङ्गशल तामाङ्गले जित हात पार्दै उपाधी चुमिन् । निकैनै प्रतिस्पर्धात्मक खेलमा तामाङ्गले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशी संग २१।१८, १८।२१ को एक एकको बराबरीको खेल खेल्दै निर्णायक खेलमा १५ । २ ले पछि परेको अवस्थामा अस्वस्थ भई सिमाले खेल त्यागे पछि नङ्गशलले जित हात पारिन् । बिजयी खेलाडीले नगद २० हजार मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी खेलाडीले नगद १० हजार, तृतीयले नगद ५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।
गल्र्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङ्गकी रोज पाण्डेले उपाधी उचालिन् । उनले फाईनलमा सुनसरीकी सृष्टी चाम्लिङ्ग राईलाई २१।१२, २१।१७ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । रोजले विजय भए बापत १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी सृष्टीले नगद ८ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरिन् ।

यस्तै ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्ग बिजयी भए । उनले सुनसरीका सत्यम सुब्बा माथि २१।१०, २३।२१ को कठिन जित निकाले । यस संगै भोजले ट्रफी मेडल प्रमाण पत्रका साथ नगद १५ हजार र उपबिजयी सत्यमले नगद ८ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको यु १३ गल्र्स तर्फको खेलमा निमा तामाङ्गले उपमाम खड्कालाई २२।२०, २१।१८ ले पराजित गर्दै नगद ५ हजार सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । उपबिजयी खड्काले नगद ३ हजार प्राप्त गरिन् । यस्तै ब्वाईज तर्फ मिबुङ्ग राईले जित हात पारे । उनले तयाबुङ्ग राईलाई २१।१४, २१।१९ ले पराजित गरे । बिजयी तथा उपबिजयी खेलाडीहरुले नगद ५ हजार र ३ हजार तथा तेश्रो हुनेले नगद १५ सय प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवा गुम्बाका यअध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मेयर आलेले यस प्रतियोगितालाई आगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगितामा परिणत गर्ने र भोजपुरमा एक अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्