खड्का फेलेटको ब्राण्ड एम्बेसडर

खड्का फेलेटको ब्राण्ड एम्बेसडर

विराटनगर । पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् ।

खड्का बिगत २ बर्ष देखि साउथर्न तास्मानियन ब्याडमिन्टन संघ अष्ट्रेलियामा प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् । उनले बिदेशमा रहँदा नेपालमा ब्याडमिन्टन खेलको बिकासका लागि नेपाली खेलाडीहरु र जिल्ला ब्याडमिन्टन संघलाई समय समयमा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन् । फेलेटको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफु निकैनै गौरवान्वित भएको संजीवले बताए । उनको नियुक्तिले नेपाल लगायत सम्पूर्ण ब्याडमिन्टन परिवारलाई गौरवान्वित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्