‘पेडल फर एजुकेसन’ भन्ने मूल नाराका साथ “साइक्लोथोन–२.०” सम्पन्न

‘पेडल फर एजुकेसन’ भन्ने मूल नाराका साथ  “साइक्लोथोन–२.०”  सम्पन्न

विराटनगर
रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी बैंकको संयुक्त आयोजनामा साइक्लोथन 2.0 सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा २०० जनाले सहभागिता जनाएको क्लबकी सुचना अधिकारि रक्तिम जोले जानकारी दिएकी छिन्। पहिलोपटक ४ वर्ष पहिले क्लबले साइक्लोथन गराएको थियो।

क्लबले आज बिहान विराटनगरको मारवाडी सेवा समितिबाट बिहान ६ बजेदेखि सुरु भएको साइकल यात्रा जिल्ला प्रशासन चोक ,सहिद मैदान ,हस्पिटल चोक, देबकोटा चोक ,शान्ति चोक, जतुवा,मिल्सएरिया,रोडसेस,मेनरोड,अतिथि सदन, तीनपैनी ,उद्योग संगठन मोरंग जोगबनी लाइनबाट बुधनगरको आईसीपी चौकी हँुदै २० किलोमिटरको दुरी पार गर्दै पुन: मारवाडी सेवा समितिमै आएर प्रतियोगिता समापन गरिएको क्लबकी वर्तमान अध्यक्ष श्रीजा काबराले जानकारी दिएकि छिन् ।

प्रतियोगिताका हरेक सहभागीहरुलाई ज्याकेट,क्याप,मेडल र खाजाको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ। प्रतियोगितामा सहभागी १४ बर्ष माथिका महिला पुरुष दुबैले सहभागिता जनाएका थिए। उक्त प्रतियोगिता गियर साइकल, नोन गियर ,अन्डर २० र महिला विशेष गरि ४ भिन्न किसिमको प्रतियोगीहरुको उपस्थिति रहेको थियो।

प्रत्येक विधामा प्रथम पुरस्कार रु २००००,दोश्रो पुरस्कार रु १०००० र तेश्रो पुरस्कार रु ५००० प्रदान गरिएको भएपनि अन्डर २० का विजेता हरुमा चाहिँ महिला विजेतालाई रु २५०० र पुरुष विजेतालाई रु २५०० प्रमुख अतिथि बिराटनगर जिल्ला प्रशासन अधिकारि कोषहरि निरौलाद्वारा प्रदान गरिएको काबराले बताइन्।

प्रतियोगितामा गियर पुरुषतर्फ क्रमश: किरण लिम्बुलाई प्रथम पुरष्कार रु २०००० , बहादुर तामाङ्गलाई द्वितीय पुरस्कार रु १०००० र कृष श्रेष्ठलाई तृतीय पुरष्कार रु ५००० पुरष्कार रकम प्रदान गरिएको थियो त्यसैगरी नोन गियर पुरुष तर्फ क्रमश: केशव कामतलाई प्रथम पुरष्कार रु २०००० ,शत्रुधन यादवलाई द्वितीय पुरष्कार रु १०००० र सरोज कामतलाई तृतीय पुरष्कार स्वरुप रु ५००० प्रदान गरिएको थियो । महिलातर्फ क्रमश: आशा लिम्बुलाई लिम्बुलाई प्रथम पुरष्कार रु २००००, विदिशा चौधरीलाई द्वितीय पुरष्कार रु १०००० र इन्दिरा तामाङ्गलाई तृतीय पुरष्कार स्वरुप रु ५००० प्रदान गरिएको थियो भने अन्डर २० अन्तर्गत अनिशलाई रु २५०० र महिलातर्फ कोमललाई २५०० प्रदान गरिएको थियो। सामाजिक सेवामा योगदान गर्दै आइरहेको यस क्लबले प्रत्येक प्रतियोगीबाट सहयोग स्वरुप दर्ता शुल्कका रुपमा रु १००० लिएको अध्यक्ष काबराले बताएकी छिन् ।

उक्त साइक्लोथनको मुख्य उद्देश्य भनेको संकलित रकम लखन्तरी १ मिलनचोक स्थित श्री बेगनलाल आधारभूत विद्यालयको आधारभूत भैतिक संरचना निमार्ण गर्न र रेडक्रस सोसाइटी बिराटनगरमा रगत संकलन गर्न प्रयोग गरिने टेबल,कुर्सि लगायतका सामाग्रीहरुको मर्मत संहार गर्न सहयोग गरिने क्लबका संस्थापक अध्यक्ष रजत तोदिले बताएका छन् ।
साथै आवर विराटनगर संग कुरा गर्दै क्लबकी सुचना अधिकारि रक्तिम भन्छिन, हाम्रो प्रतियोगितामा अमर रोय जस्ता व्यक्तिको पनि सहभागिता रहेको थियो जो आफैले डिजाइन गरेर बनाएको साइकल लिएर प्रतियोगितामा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्