एभरेष्टमा फुटबल प्रतियोगिता सुरु

एभरेष्टमा फुटबल प्रतियोगिता सुरु

विराटनगर । एभरेष्ट सेकेन्डरी स्कूलमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट शुरू भएको छ । एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

विद्यार्थीको सर्वाङ्गिण विकासको मुल आधार भएको बताउँदै खेलकुद मध्ये फूटबल लोकप्रिय रहेको ढकालले त्यस क्रममा आफ्ना धारणा राख्नु भएको थियो । खेलकुदले अनुशासित, प्रतिष्पर्धी र शारीरिक तन्दुरुस्ती कायम गर्न सहयोग पुर्याउने बताउनुभयो । बिहीबारदेखी शुरु भएको टुर्नामेन्ट २९ गते समापन हुनेछ । प्रतियोगितामा मेची, कोशी, गण्डकी र कर्णाली हाउसका तीन समूहका १२ टीमले सहभागिता जनाउने छन ।

विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख राजन भट्टराईका अनुशार कक्षा ३,४ र ५ को एउटा, कक्षा ६ र ७ को दोस्रो र कक्षा ८ र९ को तेस्रो समूह रहेका छन । प्रत्येक समूहले आपसका चार हाउस टीमबिच प्रतिष्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्