अक्सिजन अभावले कोरोना संक्रमितको मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

अक्सिजन अभावले कोरोना संक्रमितको मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

जोर्डन
जोर्डनमा कोभिड-१९ संक्रमणपछि अस्पतालमा उपचाररत ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिनुभएको हो ।

राजधानी अमनबाट २३ किलोमिटर दुरीमा रहेको साल्ट शहरमा सो हिजो विहान घटना भएको हो । विरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएको थियो । झण्डै १ घन्टा अक्सिजनको अभाव हुँदा सघन उपचार कक्षमा उपचाररत विरामीको मृत्यु भएको थियो ।

साथै प्रसुति वार्डमा समेत अस्सिजन अभावले समस्या भए पनि अन्य वार्डमा विरामीको मृत्यु भएको छैन । के कारणले अक्सिजन अभाव भयो भन्ने विषयमा अनुसन्धान जारी छ । स्वास्थ्य मन्त्रीले आफूले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्