विराटनगर वडा नं ३ भयो राष्ट्रिय अन्तर वडा टेबलटेनिसको च्याम्पियन

विराटनगर वडा नं ३ भयो राष्ट्रिय अन्तर वडा टेबलटेनिसको च्याम्पियन

विराटनगर
राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ।

मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बराबरको ट्रफी २ स्वर्ण,२ रजक पदकका साथ नगद रु ५० हजार समेत जित्न सफल भएको छ।                      मेन्स ४० प्लसमा विराटनगर वडा नं ३ का राजेश भट्टराईले आफ्नै वडाका अर्का खेलाडि बिकेन थापालाई ३-२ ले हराउँदै स्वर्ण पदक जित्न सफल भए।
मेन्स सिङ्ल अन्तर्गत काठमाडौ वडा नं २५ का अमरलाल मल्लले विराटनगर वडा नं ३ का बोधित डिसिलाई ४-२ अंकले पराजित गरेपछि रजक पदक वडा नं ३ ले हात पार्दै विराटनगरलाई देश्ब्यापि रुपमा चिनाउने कार्य आफ्नो टिमले गरेको थापाले जानकारी दिए।
आफुहरुले विराटनगरलाई देश्ब्यापि रुपमा चिनाउन सफल भएकोमा महानगरपालिकाका मेयर भिम पराजुलीले समेत खुशी हुँदै बधाई दिई स्वागत कार्यक्रमको समेत आयोजना गर्ने कुरा गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्