नेपालमा फेरी कोरोनाको जोखिम: भिडभाड नगर्न सरकारको अनुरोध

नेपालमा फेरी कोरोनाको जोखिम: भिडभाड नगर्न सरकारको अनुरोध

भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ ।

आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढेको उल्लेख गरिएको छ । नेपालमा पनि संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनगर गर्दै नेपालमा पनि सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक लगायत भिडभाड हुने व्यवसाय र कार्य न गर्न अनुरोध गरेको छ । साथै सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्