एपिएफ मिल्स गोल्डकपको फाइनलमा

एपिएफ मिल्स गोल्डकपको फाइनलमा

विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी सुनसरीलाई टाइबे्रकरमा ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म २÷२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । टाइब्रेकरमा एपिएफका नविन चन्द्र चौधरी, राजकुमार कन्दङबा र बिमल तामाङ्गले गोल गर्दै टिमलाई फाइनलको यात्रा सुरक्षीत गराएको छ । दुहबीका शंकर चौधरी र उमेश कार्कीले मात्र गोल गरेका थिए । कविन्द्र चौधरीले टाइब्रेकरमा गरेको प्रहार एपिएफका गोलरक्षक दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरिदिए । टाइब्रेकरमा बिवेक पौडेलको प्रहार बाहिरिदा दुहबी पराजित भयो ।

खेलको पहिलो हाफमा एपीएफलाई दबाबमा राखेको दुहबीले पहिलो हाफको ११ औं मिनेटमा उमेश कार्कीले गोल गरि टिमलाई अग्रता दिलाए । एफिएफका खेलाडीले डिबक्स भित्र दुहबीका दिनेश राईलाई लडाएपछि रेफ्री बिक्की कार्कीले दुहबीलाई पेलान्टी हान्न दिए । पेलान्टी सुटआउटमा दुहबीका उमेशले गोल गरेका थिए । पहिलो हाफसम्म १–० गोलले अग्राता कायम गरेको दुहबीलाई दोस्रो हाफदेखि एपीएफले सुधारेको प्रर्दशन ग¥यो । खेलको ४६ औं मिनेटमा कर्नर साइटबाट एपीएफका खेलाडीले प्रहार गरेको बल दुहबीका अरुण लिम्बुको जिउँमा लागेर आत्मघाती गोल भएको थियो । खेलको ६१ औं मिनेटमा एपीएफका उज्जवल चाम्लिङ राईले गोल गरि टिमको अग्रता कायम ग¥यो । एपिएफले दोस्रो गोल गरेको २० मिनेट बित्न नपाउँदै खेलको अन्त्यमा थप गरिएको अत्तिरिक्क्त समयमा दुहबीका दिनेश राईले गोल गरि खेल बराबारीमा ल्याएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका उज्जवल चाम्लिङ्ग राई घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।
बिहीबारको दोस्रो सेमिफाइनल खेल साइनो स्पोर्ट्स क्लब रानी र धरान सिटी फुटबल एकाडेमी बिच हुनेछ । साइनोले क्वाटरफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्