साइनो मिल्स गोल्डपको फाइनलमा

साइनो मिल्स गोल्डपको फाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल रानी मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धरान सिटी फुटबल एकेडमी सुनसरीलाई १–० गोलले हराउँदै साइनो फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै साइनोले शनिबार हुने फाइनलमा उपाधि रक्षाको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले सेमिफाइनलमा एलेभने एरोज क्बल दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरि फाइनलमा प्रवेश गरेको थियो ।
उपाधि रक्षाको लागि फाइनलमा प्रवेश लागि साइनोका दोर्जे तामाङले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा डिबक्स भित्र धरानको खेलाडीको हेण्ड भएपछि रेफ्री बिक्की कार्कीले साइनोलाई पेनाल्टी हान्न दिएको थियो । पेनाल्टी सुटआउटमा साइनोका दोर्जेले गरेको प्रहार धरानका गोलरक्षक सजिन श्रेष्ठले पन्च गर्दा बल डिबक्समा आयो र पुनः दोर्जेले प्रहार गरेको बलले जाली चुम्यो ।

प्रतिस्पर्धात्मक रोमान्चित खेलमा पहिलो हापसम्म गोल रहित खेल बराबरी भएको थियो । दोस्रो हाफदेखि आक्रमक भएर मैदान उत्रिएको साइनोका दिर्थ बस्नेतले ६५ मिनेटमा बललाई एक्लै अगाडी बढाएर गरेको प्रहार बाहिरिदा थप गोल गर्ने अवसर गुम्यो । धरानकोे प्रदर्शन तुलनात्मक रूपमा केही हदसम्म सुदृढ रह्यो । पहिलो हाफमा प्रभावशाली रहेको साइनले दोस्रो हाफमा पनि केही राम्रा आक्रमण बुन्न सफल रह्यो । खेलको अन्त्यतिर साइनोलाई दबाबमा राखेको धरानाले खेलको ७६ औ मिनटमा पेनाल्टी पायो । हेण्ड भएपछि पेनाल्टी पाएको धरानका विनोद राईले गरेको प्रहार साइनोका गोलरक्षक प्रज्जवल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । पेनाल्टीमा पाएको गोल गर्ने अवसर चुकाउँदा धरान पराजित भयो । इन्ज्युरी समयमा धरानका नजिकको दूरीबाट फ्रि हेडरको मौका पाएको थियो, त्यो पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो । शारीरिक रूपमा अग्ला र बलिया धरानका टिमले साइनो माथि त्यसको पनि फाइदा उठाउन सकेन् ।

खेलको म्यान अफ द म्याच साइनोका गोलरक्षक प्रज्जवल श्रेष्ठ घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्