पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि त्रिभुवन आर्मीलाई

पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि  त्रिभुवन आर्मीलाई

सनुसरी

धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो । उपविजेता रुपन्देहीले नगद ५० हजार रुपैयाँसहित रनर ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सुनसरीको तरहरा बास्केटबल क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको विभागीय टिम आर्मीको टिमले धरानको इमोर्टललाई पराजित गरेर उपाधिको दाबेदार बनेको रुपन्देहीमाथि सहज जित निकालेको हो ।

धरान–१७ समाज हङकङ र टर्की नेपाली समाज अंकाराको सहयोगमा सम्पन्न पाँचौं राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलको प्रत्येक क्वार्टरमा आर्मी र रुपन्देहीले १५–१०, २०–१८, २८–११ र २८–२५ स्कोर जोडेका थिए ।

समापन समारोहमा फाइनलका सेन्ट जोसेफ म्यान अफ द म्याच घोषित हुँदै आर्मीका विनोद महर्जनले नगद ३ हजार रुपैयाँ हात पारे । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयर हुँदै आर्मीकै रविन खत्रीले नगद १० हजार रुपैयाँ पाए । रुपन्देहीका निकेश मगर हाइस्कोरर घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए भने आयोजक क्लब होराइजनका विकास घले रुकी प्लेयर (उदियमान खेलाडी) घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए ।

धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपूसैनिक बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएपछि विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा र आयोजक क्लवका अध्यक्ष बसन्त राईले नगद र ट्रफि वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्