सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट सुरु

सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट सुरु

रङ्गेली । मोरङको सुनवर्षी नगरपालिकामा मेयरकप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्षी–६ स्थित केरन्जाको खेल मैदानमा खेल सुरु भएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बू, बिष्ट अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, नगरपालिकाका मेयर काली प्रसाद दासको उपस्थिति रहेको थियो ।

उक्त खेलमा नगर भित्रका १६ टिमको सहभागीता रहेको छ । चैत्र १८ गतेदेखि सुरु भएर ३१ गतेसम्म सो खेल सञ्चालन हुनेछ। खेलका बिजेता लाई नगद १ लाख रुपैयाँ र उपविजेता लाई ७५ हजार नगद, प्रमाणपत्र सिल्ड समेत हस्तान्तरण गरिने खेलका संयोजक मकर तामाङले बताए । दैनिकी २ बटा खेल हुने र २० ओभरसम्म खेल खेलाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्