त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले जनही चार लाख पाउने

त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले जनही चार लाख पाउने

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई एक एक लाख तथा पुरस्कार रकमको पाँच हजार अमेरिकी डलर पनि खेलाडीलाई नै वितरण गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्