समय सगै छुट्दै गएका सपनाहरु

समय सगै छुट्दै गएका सपनाहरु

मानिसको एउटा चाहाना हुन्छ‌, कि उसलाई कसैले पनि‌ नजितोस,आफु हरेक कुरा अरु भन्दा राम्रो होस् चाहे त्यो दाजुभाइ/दिदी बहिनी, छोरा बाबु, साथी भाइ इत्यादि ,यो सबै मानिसमा भएको एक विशेषता हो । तर, मानिस केवल एक जना सग मात्र हार्न चाहन्छ, उसैले खाली आफुलाई पनि जितोस् भन्ने लाग्छ र आफुले जित्ता भन्दा पनि उसले जितेमा अझ धेरै गौरवान्वित हुन्छ, त्यो नाता हो,केवल एक ' छोरा-छोरी' ..

हामी बाबु-आमाको पनि एउटै सोच हुन्छ, हामीले दु:ख गर्यौ, कष्ट सहयौ तर हाम्रो सन्ततिले हामी ‌जतिको दु:ख सहन गर्नु नपरोस् । हामी हाम्रो सन्नतिको‌ लागि दिन रात घोटिन्छौ ताकि छोरा-छोरीको अनुहारमा केवल खुशी र चमक देखियोस् । हामी हाम्रो सन्ततिको लागि सारा भौतिक सुख सयल दिन चाहन्छौ जुन हामीले हाम्रो जिवनकालमा उपभोग को सपना देखेका थियौ । यति मात्र होइन, हामी आफ्नो सन्ततिको खुसी को लागि निश्चित एक समय र एक सस्था मा मात्र काम गर्ने होइन,हरेक अतिरिक्त समय आफुलाइ मेशिन बनाउछौ ताकि अतिरिक्त आम्दानी ले सन्ततिको खुसी किन्न अपुग नहोस् ।

 

यति सम्मकि भर्खरै जन्मिएर केही महिना भएको बच्चोलाइ देखाएर फुर्ति लगाउदै भन्छौ, मेरो बाबु ' मोबाइल नहेरी केही खादैन' । यस्ले हाम्रो बालबालिकाको स्वास्थ्य र उसको बेकारको आवश्यकता बढाउने श्रयको बिजारोपण पनि हामीले नै गर्छौ । अनि, भविष्यमा हुन सक्ने माइग्रेन, डिप्रेसन को सिकार हुन हामीले नै सुरुवात गर्छौ । आफुले अधबैँसे मा देखेका अत्याधुनिक टेक्नोलोजी शिशु अवस्थामा नै हातमा थमाइदिन्छौ अनि यसलाइ हामीले माया भन्ने गर्छौ ।

 

अनि, उमेर सगै आफ्नो ब्यस्त समयलाइ ढाक छोप गर्न आवश्यकता भन्दा बढी पैसा दिएर मुख बन्द गर्न लगायौ अनि भन्ने गरिम यो ब्यस्तता त उनिहरुको खुशीको लागि त हो । के साच्चै हो ??? यो प्रति प्रश्न तपाइहरुलाइ नै..

 

हामीले समय सग सगै हाम्रो सन्ततिले भोगेका ,देखेका कुराहरू बुझ्न सकेनौ । उनिहरुको बिचार सुन्न सकेनौ, उनिहरुले छुट्याउन नसकेका सहि र गलत बाटो बेलैमा पहिल्याउन सकेनौ । विद्यालय, कलेज मा उनिहरुको अबस्था के छ, कस्तो पढ्दैछन्, पढ्नमा मेरो सन्तति लाइ उसको ब्यक्तिगत क्षमताले पो पछि पार्दैछ, उसको साथी सर्कल पो गल्ति छ, त्यसलाई बेलैमा सुधार्ने समय छुट्याउन सकेनौ ।उनिहरुको चाहना के छ, विचार के छ , त्यो जान्न चाहेनौ वा अझ परिस्कृत गरेर भन्दा हामीले भ्याएनौ । किन त भन्दा, हामी सबैको ढाडो उतर केवल एकै हुन सक्छ,‌हामीले स्कुल/कलेज को शुल्क (Fee) समयमा नै तिरेको छौ,यो भन्दा अरु के गर्नु नि । छातिमा हात राखेर भन्नुस, तपाइले तपाइको सन्तान पढेको विद्यालयको प्राङ्गण कति चोटी टेक्नु भएको छ । याद राख्नुहोस्, एक उत्कृष्ट मुर्ति बन्न माटो साधन हो भने साध्य उसको मेहनत, कला अनि समर्पण हो ।

 

हामी सन्तति को इच्छा दिनानुदिन बढोदरी परिस्कृत गर्दै जान्छौ । ए मेरो प्यारो छोरा/छोरी फलानो परिक्षामा यति प्रतिशत आयो भने यो किनिदिन्छु, उ किनिदिन्छु । भौतिक सुख को पराकाष्ठा को स्वपना उदाहरण:-..SEE परिक्षा उतिर्ण गर, मेरो ‌राजा/रानी तिमीलाइ जुन बाइक/स्कुटर भन्छौ त्यहि । उच्चतम सिसी बाइक किनि उच्चतम गतिमा सवार भइ छोरा गतिसँगै बिलिन हुन्छन्,यो हेक्का किन हामीमा नभएको ??

अर्को तर्फ, हिजोआज बाबु-आमा नै कार्यलयमा काम गर्ने भएकाले पारिवारिक समयको अभावले छोरा/छोरी नराम्रो संगत र कुलतमा फसि बेलैमा थाहा नपाएको ले त्यसबाट निकाल्न नसकेको यथार्थ घटना नघटेको पनि होइन । त्यसैगरी, उसका बढ्दै गएका असिमित आवश्यकता एक दिन सिमितता हुन पुग्दा आत्महत्या को सिकार भएको घटना नि नसुनेको होइन । के यसको सुरुवाती बिजारोपण गर्ने हामी होइन ??

 

त्यति मात्र कहा होर, हामी बिज्ञानको समयमा हुर्किएर होला अलिक प्राक्टिकल भयौ । आफन्त,नाता गोताको संगत पनि हैसियत हेरेर गर्न थाल्यौ । आफ्नै पारिवारिक सदस्यहरू बिच पनि पैसा ले दुरीको लाइन तान्यौ । विचरा, हामीले हाम्रो सन्ततिलाइ सानै देखि आफन्त,ठुला बडाको महत्व भन्दा पैसा प्रति को मोह बढी झल्काउने सिकायो । आखिर, उसको दिमागमा भर्यौ रगतको नाता भन्दा पैसा को नाता गोता ठुला रहेछन् , जसरी हुन्छ पैसा कमाउ । के पैसा नै सबै थोक होर ? ,यो पनि प्रति प्रश्न तपाइहरुलाइ नै..

 

सारंस, हामीले दिन रात खटेको केको लागि मनन गरौ, त्यहि छोरा-छोरी । पछि त्यहि भएन भने के का लागि मेहनत र मरिहत्ते । तसर्थ, समय ब्यबस्थापन गरौ , परिवार मा समय दिऔ, एक समृद्ध समाजको निर्माण गरौ ।

#परिवार भन्दा ठूलो केही होइन बिचार गरौ..

सन्तोष आचार्य
विराटनगर-०३
पुस्पलाल चोक,मानगढ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्