राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलमा दाम्रभिट्टा स्कुल विजयी

राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलमा दाम्रभिट्टा स्कुल विजयी

मोरङको रतुवामाई नगरपालिकामा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दाम्रभिट्टा इंग्लिश स्कूलले भलिबल तर्फ विजयी हासिल गरेको छ । विद्यालयले नगर स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ प्रथम र छात्रा तर्फ दोश्रो स्थान जित्न सफल भएको छ ।

छात्रतर्फ सरस्वती माविलाई फाइनलमा दाम्रभिट्टा स्कुलले विजयी प्राप्त गरेको थियो ।

यस्तै , प्रतियोगिताको हाइ-जम्प तर्फ विद्यालयका छात्र प्रेम घिमिरेले तेस्रो स्थान प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई रतुवामाई नगरपालिकाका मेयर रविन राईले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नगरका सामुदायिक तथा निजी विद्यालयहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्