`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ `व्हिलचेयर रेस´ सम्पन्न

`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ  `व्हिलचेयर रेस´ सम्पन्न

विराटनगर
प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल
`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भएको छ । प्रतियोगितामा काठमाडौंका अनिल कुमार शाह प्रथम भएका छन् भने सामर्थ्य समाज विराटनगरमा आबद्द दुईजना बिश्वध झा द्वितीय र होमराज पराजुली तृतीय भएका छन् ।

सर्भ फिजियोथेरापि एण्ड वेलनेस सेन्टरको मुल आयोजनामा विराटनगरका स्थानिय समाजसेवि युवाहरुको पहलमा सम्पन्न ५०मिटर(जनता स्कुल देखि दुर्गा चोक सम्म)को दुरि तोकिएको उक्त प्रतियोगितामा १० जना पुरुष सहभागी थिए भने दुई जना महिलाले सहभागिता जनाएको कार्यक्रम संयोजक सबिन घिमिरेले जानकारी दिए । पुरुष सहभागीहरुलाई भने गोल्डस्टार जुताको `डिस्काउन्ट कुपन ´दिइएको थियो भने महिला प्रतियोगीहरुलाई चाहि एक-एक जोर जुत्ता नै प्रदान गरिएको थियो ।
आवर विराटनगर संग कुरा गर्दै उनलेे भने, हामिले यस प्रतियोगितामा पुरस्कारको समेत ब्यवस्था गरेका थियौं जसअनुसार प्रत्येक सहभागिलाई केहि न केहि `गिफ्ट ह्याम्पर´समेत प्रदान गरेका छौं भने प्रथम ,द्वितीय र तृतीयलाई क्रमशः १० हजार ७ हजार र ४ हजार नगदका साथै अन्य `गिफ्ट ह्याम्पर´हरु प्रदान गरेका छौं ।

प्रतियोगितामा प्रथम हुने अनिल भन्छन् ,`म काठमाडौं बस्छु तर व्हिलचेयर रेसमा सहभागी हुनलाई नै म विराटनगर आएको थिएँ जसको परिणाम सबैको अगाडि छ जुन ठाउँमा व्हिलचेयर रेस भएपनि म पुग्ने गरेको छु र सधैंजसो प्रथम पनि हुँदै आएको छु। खुसी हुँदै उनि भन्छन् यो रेसले हाम्रो आत्मबल बढाउन समेत मद्दत गरेको छ त्यसैले म आयोजक संस्थालाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको अपेक्षा गर्छु।

द्वितीय स्थान हासिल गरेका विराटनगरका विश्वध झा भन्छन् , समय समयमा यस्ता प्रतियोगिताहरुको आयोजना भैरह्यो भने हामिजस्ता ब्यक्तिहरुको आत्मबल कमजोर हुन पाउने थिएन हारजितको कुरा त त्यस्तै हो सबैजनासंग भेटघाट भयो केहि समय भएपनि रमाइलो साथ समय बित्यो।

त्यस्तै तेस्रो स्थान हासिल गर्ने सामर्थ्य समाज विराटनगरका कोषाध्यक्ष समेत रहेका पराजुलिले पनि झाले जस्तै आफुलाई हारजितको भन्दा पनि यस्ता कार्यक्रमहरुले आफुभित्र भएको आत्मबललाई अझ मजबुत बनाएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु भैरहोस भन्ने चाहना ब्यक्त गरे ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य बिराटनगर महानगरपालिकाकि उपमेयर इन्दिरा कार्किले गरेकि थिइन् । हामिलाई यो कार्यक्रम सफलतापुर्वक सप्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि हातहरुलाई म हृदय देखि नै आभार ब्यक्त गर्न चाहन्छु किनभने यदि उहाँहरुले सहयोग नगर्दिनुभएको भए सायद आज यस प्रतियोगिता गराउन सफल हुने थिएनौं होला संयोजक घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्