सिमाले उचालिन तेश्रो मेयर कप

सिमाले उचालिन तेश्रो मेयर कप

काठमाण्डौं । कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं. १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले आईतबार सम्पन्न फाईनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् ।

उनले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो भएकी रोजले नगद ७ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा धनकुटाका गिता राई र अरुणा तामाङ्ग रहे । गिता र अरुणाले नगद ३ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरे ।
झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगल तर्फको खेलमा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी प्रथम भयो । लिनथेप र शेर्पाको जोडीले पाँचथरका एशिया जवेगु र ते¥हथुमका नविन सिलवालको जोडीलाई २४–२२, २१–१६ ले पराजित गर्दै प्रथम स्थान प्राप्त गरेको हो । तेश्रो स्थानमा धरानका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडी र बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडी रहे । पहिलो हुने जोडीले नगद ३० हजार सहित मेडल, ट्रफीर प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले २० हजार र तेश्रो हुने जोडीले १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

भेट्रान्स ४५ बर्ष मार्थिको स्पर्धामा पूर्व राष्ट्रिय प्रशिक्षक एवं हाल कस्तुरी कलेजका प्रशिक्षक उत्तम सिंखडा र ईटहरीका श्याम लामाको जोडीले ट्रफी उचाले । उक्त जोडीले सुनसरीका थमन गुरुङ्ग र सुरेश लिम्बुको जोडीलाई १८–२१, २१–४, २१–१४ ले पराजित गरे । सिंखडा र लामाको जोडीले नगद १५ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै दोश्रो स्थानमा रहेका थमन र सुरेशको जोडीले १० हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थानमा रहेको झुम्काका भजन लाल चौधरी र श्रवण चौधरी तथा चक्रघाटीका जीवन बोगटी र तुलसी सुवेदीको जोडीले नगद ७ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

आयोजक क्लबका सदस्यहरुका विच भएको आन्तरिक प्रतिस्पर्धामा झुम्काका श्रवण चौधरी र राजु कटुवालको जोडीले बाजि मा¥यो । उक्त जोडीले रानीवासका केदार अधिकारी र झुम्काका भजन लाल चौधरीको जोडीलाई २१–२३, २१–९, २१–१६ ले पराजित गरे । बिजयी जोडीले नगद १५ हजार, उपबिजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगल तर्फ २१, आन्तरिक युगल तर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएको प्रतियोगिता रेफ्रि एवं म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी गराए । बिजयी खेलाडीहरुलाई रामधुनी नगरपालिका, झुम्काका मेयर जय प्रकाश चौधरीले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्