नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा माइ सेकेण्ड टिचर

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा माइ सेकेण्ड टिचर

नेपाल राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ । यसको मुख्य प्रायोजक माइ सेकेण्ड टिचर रहेको छ ।

नेपाल राष्ट्रिय क्रिकेट टिमको जर्सीको लागी प्रायोजक खोज्ने जिम्मा क्यानले एड प्याडलाई दिएको थियो । सो जिम्मा पाएका कम्पनीले नै माइ सेकेण्ड टिचरलाई सम्पूर्ण क्रिकेट टिम जर्सीको मुख्य प्रायोजकको रुपमा ल्याएको हो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र आइएनजी ग्रुपका सुलभ बुढाथोकीले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गर्नुभएको छ ।

कम्पनीको सम्झौता अनुसार जर्सीमा उपलब्ध हुने स्थानहरुमा माइ सेकेण्ड टिचरलाई मुख्य भागमा राखिने छ । त्यसैगरी आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो राखिने भएको छ ।

माइ सेकेण्ड टिचर विषेस गरी इन्टरनेट लर्निङ मोबाइल एप हो । यस कम्पनीले पहिलो पटक क्रिकेटमा लगानी गर्न लागेको हो । लगानीका लागी एड प्याडले आइसीसीको क्लोदिङ नियम अनुसार सम्झौता गरेको बताइएको छ ।

कम्पनीसँग गरिएको सम्झौता रकम भने गोप्य नै राखिएको छ । राष्ट्रिय टिमको लागी जर्सीको प्रायोजकको सम्पूर्ण जिम्मा क्यानले एड प्याडलाई १५ महिनाका लागी बिक्रि गरेको थियो ।

माइ सेकेण्ड टिचरसँग एक वर्षको सम्झौता रहेको छ । यसै क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शिक्षा क्षेत्रलाई क्रिकेटमा भित्र्याउन पाउँदा खुसी लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्