स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग विराटनगर सिटी फुटबल क्लबबाट खेल्ने

स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग विराटनगर सिटी फुटबल क्लबबाट खेल्ने

विराटनगर

स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी फुटबल क्लब (बिसीएफसि )बाट खेल्ने भएका छन् । उरुग्वेमा जन्मिएर स्पेनमा हुर्किएका ३२ वर्षीय पेड्रो (एनएसएल)का लागि बुधबार नेपाल आइपुगेका हुन्।

स्पेनिस क्लब इस्पान्योलबाट उमेर समूहका प्रतियोगिता खेलेका पोड्रोले सन् २०१८ को इन्डियन सुपर लिग (आइएसएल) चेन्नई सिटी एफसीबाट खेलका थिए। त्यतिबेला चेन्नईले आइएसएलको उपाधि जित्दा पेड्रोले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सो सिजनमा चार पटक ह्याट्रिक गरेका थिए। २१ गोल गरेका उनले गोल्डेन बुट जितेका थिए।

सन् २०२० मा उनले जापानिज क्लब अल्बिरेक्स नीगाताबाट जे-२ लिग खेलेका थिए। जहाँ उनले ८ लिग खेलमा २ गोल गरे। २०२१ मा उनले आइ लिग टिम मोहम्मेडनबाट खेले। उनले टिमका लागि ८ खेलबाट ६ गोल गरेका थिए।

एनएसएलमा सात टिमबीच आगामी वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा प्रतिस्पर्धा सञ्चालन हुँदैछ जसमा विराटनगरले एनएसएलमा पहिलो खेल धनगढी एफसीसँग वैशाख १२ मा खेल्नेछ। विराटनगरमा डिफेन्डर रन्जित धिमाल मार्की खेलाडीको रुपमा आबद्ध छन्। टिममा राष्ट्रिय टिमका सुनील बल र सन्तोष तामाङ पनि आबद्ध छन्।

विराटनगरले अहिले धरानमा प्रशिक्षण गरिरहेको छ। विराटनगरको प्रशिक्षकमा भारतका यान ल रहेका छन्। भारतका पूर्व राष्ट्रिय खेलाडी यानले आइ लिग टिम पञ्जाव, मोहम्मेडन र एजवालको प्रशिक्षक भएर काम गरेको अनुभव छ।
-सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्