नेपाल डोरितान संघ प्रदेश नं १ द्वारा विजयी टोलि सम्मानित

नेपाल डोरितान संघ प्रदेश नं १ द्वारा  विजयी टोलि सम्मानित

विराटनगर
गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ। फाइनल खेल भारतको पन्जाब र नेपाल डोरितान संघ प्रदेश नं १ बिच भएको थियो जसमा पटनाले हार ब्यवहोर्नु परेको थियो।


आवर विराटनगर संग कुरा गर्दै विजेता टोलिका प्रशिक्षक जोसेफ घिमिरे भन्छन् ,"स्थानीय खेलको प्रवर्द्धन गर्नुपर्छ भन्ने सोचका साथ आफुहरुले डोरितान प्रतियोगितालाई विशेष रुपमा अगाडि बढाएका छौं"।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा पुर्व मन्त्री एवम एमालेका नेता लालबाबु पण्डित रहेका थिए ।उनले विजेता टोलिलाई सम्मान गर्दै उनीहरुको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका ब्यवस्थापक सागर थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्