तालिवानी आक्रमणमा परि सरकार समर्थक चार लडाकुको मृत्यु

तालिवानी आक्रमणमा परि  सरकार समर्थक चार लडाकुको मृत्यु

तालुकान, अफगानिस्तान

तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ ।
तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी अधिकारीले पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार बिहान १ बजे सो आक्रमण भएको थियो ।
आक्रमणको क्रममा तालिबान लडाकू समूहतर्फ पनि हताहत भएको तर यसको यकीन संख्या भने प्रष्ट नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तर एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस आक्रमणको क्रममा तीन तालिबान लडाकू पक्राउ परेका र ती मारिनुको साथै अन्य तीन घाइते भएका बताएका छन् । तालिबानले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। - रासस / सिन्वाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्