प्रदेश २ को नाम ‘मधेश’ र राजधानी जनकपुर तोक्न प्रस्ताव

प्रदेश २ को नाम ‘मधेश’ र राजधानी जनकपुर तोक्न प्रस्ताव

लामो समयदेखि अन्यौल रहँदै आएको प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा प्रदेशसभामा २ वटा प्रस्ताव दर्ता भएको छ ।
वैशाख ९ गतेसम्म प्रस्ताव ल्याई सक्नु पर्ने गरि प्रदेशसभा सचिवालयले गरेको आह्वान अनुसार प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जसपा र माओवादी दुबै दलले छुट्टाछुट्टै रुपमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश २ मा १०७ जना सांसद छन् । ति मध्ये ४ जनालाई बर्खास्त परेर अहिले १०३ जना सांसद प्रदेशसभामा छन् । नामाकरण र राजधानी पारित हुन यो संख्याको दुई तिहाइ अर्थात कम्तिमा ६९ जना सांसदले समर्थन गरेमा मात्र प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिन सक्छ ।

हाल जसपा र माओवादी दुबै मिल्दा पनि कम्तिमा ८ जना अन्य दलका सांसदले समर्थन गर्न आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्