भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि लकडाउन, नेपालमा पनि जोखिम

भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि लकडाउन, नेपालमा पनि जोखिम

नेपालको छिमेकि राष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज सोमबार रातिदेखि लकडाउन हुने घोषणा भएको छ ।
तिब्र गतिमा कोरोना भाईरस संक्रमण फैलन थालेपछि दिल्लि सरकारले लकडाउनको घोषणा गरेको हो । दिल्लि सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राति १० बजेदेखि लागु हुने गरि आगामी सोमबार बिहानसम्मका लागि लकडाउन घोषणा गरेका हुन् ।

आइतबारमात्रै भारतमा २ लाख ७५ हजार जना मानिसमा कोरोना संक्रमण देखिएर १ हजार ६ सय जनाले ज्यान गुमाएका छन् । र सो दिन दिल्लीमा २५ हजार ४ सय ६२ जनामा यस भाईरसको संक्रमण देखिएको थियो ।

र यति बेला भारतमा कोरोना संक्रमणको जालो फैलँदै गर्दा नेपालबाट श्रम गर्नका लागि र विभिन्न अन्य कारणहरुका लागि भारत पुगेका मानिसहरु आफ्नै देश नेपाल फर्किरहेका छन् । ति व्यक्तिबाट नेपालको कुना कुनासम्म कोरोना संक्रमण फैलने सम्भावना छैन भन्न सकिदैन । नेपाल र भारत बिचको खुल्ला सिमानालाई मध्यनजर गर्दै नेपालमा कोरोना भाईरसको सतर्कता थप बढाउनु पर्ने र स्वास्थ्य मापदण्डमा अझ कडाई गर्न आवश्यक रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्