कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ ।
कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् ।

उनले लेखेका छन्:
म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो Virus लाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ corona बाट सतर्क रहनु होला !

साथै आफ्नो सोमबार नै परेको जन्मदिनको शुभकामना दिने व्यक्तिहरुलाई समेत उनले सोहि पोस्टमा सम्झदै लेखेका छन्:
Birthday wish गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्