भारतमा एकै दिन २ लाख ९४ हजार नयाँ संक्रमित, पहिलो लहर भन्दा ३ गुणा बढि

भारतमा एकै दिन २ लाख ९४ हजार नयाँ संक्रमित, पहिलो लहर भन्दा ३ गुणा बढि

नेपालसँग खुल्ला सिमाना रहेको छिमेकि राष्ट्र भारतमा एकैदिन करिब ३ लाख मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भारतमा पहिलो लहरको भन्दा एकै दिन करिब ३ गुणा बढी २ लाख ९४ हजार २ सयभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
दोस्रो लहरको कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको भारतको महाराष्ट्र राज्य सबै भन्दा बढि प्रभावित छ । यसै गरि कर्नाटक, केरला, केन्द्रिय राजधानी दिल्ली, तमिलनाडुहरु प्रभावित छ ।
संसारमै सबै भन्दा तिब्र रुपमा कोरोना फैलिरहेको भारतमा मंगलबारको तथ्याकं एकै दिन संक्रमण देखिएको विश्वकै दोस्र हो । यस अघि अमेरिकामा गत ८ जनवरीमा ३ लाख ७ हजार ५ सय ७० जनामा एकै दिन संक्रमण देखिएको हो ।
पहिलो लहरको समयमा भारतमा एकै दिन सबै भन्दा बढि संक्रमण देखिएको संख्या दैनिक करिब ९८ हजार मात्र थियो ।

हालसम्म भारतमा एक करोड ५३ लाख २१ हजार ८९ जनामा संक्रमण देखिएको छ भने १ करोड ३१ लाख ८ हजार ५ सय ८२ जनामा कोरोना संक्रमणबाट मुक्त भई सकेका छन् । यसै गरि १ लाख ८० हजार ५ सय ३० जनाको मृत्यु भएको छ । साथै भारतमा हालसम्म करिब १२ करोड ७ लाख मानिसलाई कोरोना भाईरस विरुद्धको भ्याक्सिन लगाईएको भारत सरकारले दाबी गरेको छ।
बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतको केन्द्रिय राजधानी दिल्लिमा लकडाउन लगाईएको छ भने सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । यद्यपी चुनावी र्याली र महाकुम्भ मेला जस्ता लाखौं मानिस सहभागी हुने समारोहहरुमा सरकारले नै समर्थन गरेकाले कोरोना संक्रमणको दोश्रो लहर झन् तिब्र भएको दाबी जानकारहरु गर्छन् ।
भारतमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि नै नेपालको पुर्वराजा ज्ञानेन्द्र शाह दम्पतीमा मंगलबार नै कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्