सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदैं

सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदैं

विराटनगर

सुन्दरहरैंचा नगरपालिका मोरंगको मूल आयोजनामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ। गत वैशाख ६ गतेबाट बेलबारी नगरपालिका र लेटांग नगरपालिका बीचको पहिलो प्रतिष्पर्धापछी सुरु भएको सो प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल सुनवर्षी नगरपालिका र पथरी शनिश्चरे नगरपालिका विच हुदैंछ।

उक्त प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर १२ को शुक्रबारे खेल मैदानमा भइरहेको शुक्रबारे युवा क्लबका सचिब व्यवस्थापक समिति सदस्य तोया पोखरेलले जानकारी दिए। मोफसलमा रहेका खेलाडीहरु जसले राष्ट्रिय स्तरका खेलहरुमा खेल्ने अवसर पाएका छैनन् उनीहरुलाई लक्षित गरि सो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा मोरंग जिल्लाका नौ वटै नगरपालिकाहरुले सहभागिता जनाएको आयोजक समितिले जानकारी दिएको छ।

खेलाडिहरुको प्रतिभाको कदर गर्दै आफुहरुले ५२ वर्षीय पुरानो स्थानीय शुक्रबारे खेल मैदानको पनि परिचय लोप हुने अवस्थामा रहेकोले राष्ट्रिय स्तरमा स्थानीय खेलाडीहरुको प्रतिभा र खेल मैदानलाई चिनाउने मूल उद्देश्यका साथ सुन्दरहरैंचा नगरपालिकाको मूल आयोजना र वडा नम्बर १२ को सह आयोजनामा सो प्रतियोगिता भइरहेको पोखरेलले बताए। साथै उनले विजेता टोलीलाई तिन लाख नगद सहित ट्रफि र उपविजेता टोलीलाई एक लाख ५० हजार नगद पुरस्कार राशिको समेत व्यवस्था रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्