भारतमा अक्सिजन अभाव , ज्यान गुमाउनेको संख्या दिनदिनै बढ्दो

भारतमा अक्सिजन अभाव , ज्यान गुमाउनेको  संख्या दिनदिनै बढ्दो

दिल्ली

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा कोरोना संक्रमण अत्याधिक मात्रामा बढेर गएको छ।

भारतमा अक्सिजन अभावका कारण ज्यान गुमाउनेको शंख्यामा वृद्धि हुन थालेको छ। अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत विरामीले भरिएका छन् । कोरोनाको दोस्रो लहरको संक्रमणका कारण भारत विश्वमै सबैभन्दा प्रभावित छ । दैनिक संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण मात्रै होइन दैनिक मृत्युदर पनि विश्वमै भारतको सबैभन्दा उच्च छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजार नजिक पुगेको छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्