बढ्दो महामारीलाई मध्यनजर गर्दै भारतमा निर्वाचन आयोगद्वारा चुनावी ¥याली र सभा आयोजना गर्न रोक

<span class='c1'>बढ्दो महामारीलाई मध्यनजर गर्दै भारतमा निर्वाचन आयोगद्वारा </span> <span class='c2'>चुनावी ¥याली र सभा आयोजना गर्न रोक</span>

भारत

कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको अवस्थामा भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

भारतका राज्यहरूमा यो वर्ष शृंखलाबद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ ।देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ । -एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्