दिवस र एशियाको जोडीलाई उपाधी

दिवस र एशियाको जोडीलाई उपाधी

विराटनगर । पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ मा बिजयी भएका छन् । शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५ । २३, २१ । १४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् ।

उक्त जोडीले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजेता सुजन र नविनले २१ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्ने ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ्ग र बेलबारीका लाक्पा शेर्पाको जोडी तथा धरानका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल भेट्रान्स ४५ माथिको उपाधी पूर्व राष्ट्रिय प्रशिक्षक एवं अन्तराष्ट्रिय खेलाडी उत्तम सिंखडा र श्याम लामाको जोडीले हात पा¥यो । ईटहरी ब्याडमिन्टन क्लबका उक्त जोडीले फाईनलमा धरानका गहेन्द्र लिम्बु र सुरेश नियुङ्गको जोडीलाई फाईनलमा २१ । १७, २१ । १८ को सोझो सेटमा पराजित गर्दै नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजेता टोलीले नगद १६ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो हुने धरानका थमन गुरुङ्ग र धनबहादुर लिम्बु तथा बेलबारीका नविन राई र विकास श्रेष्ठको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व खेलाडी चन्द्र शेखर लामा, सुनसरी ब्याडमिन्टन संघका उपाध्यक्ष मणी गुरुङ्ग, ईटहरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । पुरुष युगल र भेट्रान्सको मात्र प्रतिस्पर्धामा प्रदेश १ का ९० खेलाडीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्