अमेरिकामा घर बाहिर निस्कँदा मास्क लगाउनुपर्ने बाध्यताको अन्त्य

अमेरिकामा घर बाहिर निस्कँदा मास्क लगाउनुपर्ने बाध्यताको अन्त्य

अमेरिका

कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका अमेरिकीले घर बाहिर निस्कँदा मास्क लगाउनै पर्ने बाध्यता अन्त्य भएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले खोपको मात्रा पूरा गरेका नागरिकलाई हाल लगाइएको प्रतिबन्ध खुकुलो गर्दै घर बाहिर निस्कँदा मास्क लगाउन आवश्यक नभएको जनाएको छ ।

कोरोना सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै खोप लगाएकाहरुले एक्लै हुँदा वा खोप लगाएकाहरुहरुकै सानो समूहमा मास्क लगाउन नपर्ने जनाइएको हो । तर भीडभाड भएका ठाउँमा भने घर भित्र पनि मास्क लगाउन निर्देशिकामा भनिएको छ ।

हालसम्म ९ करोड ५० लाखभन्दा बढी अमेरिकीले खोपको मात्रा पूरा गरेका छन् । सिडिसिले नयाँ निर्देशिका जारी गरेसँगै राष्ट्रपति जो बाइडनले असाधारण प्रगति भएको भन्दै खुसियाली मनाउनु भएको छ ।

खोप लगाएकाहरुबाट अन्य व्यक्तिमा रोग सर्ने र उनीहरुमा रोग सर्ने दर अत्यन्त न्युन भएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।
-एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्