भारतीय पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्यु

भारतीय पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्यु

भारतीय समाचार च्यानल इन्डिया टुडे समुहको वरिष्ठ पत्रकार तथा समाचारवाचक रोहित सरदानाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । ४२ वर्षिय सरदाताले ट्विट गर्दै गत २४ अप्रिलमा आफु कोरोनाभाईरसबाट संक्रिमत भएको बताएका थिए । उनले आफ्नो अवस्था पहिले भन्दा सुधारोन्मुख भएको बताएका थिए । तर आज दिउँसो उनको मृत्यु भएको खबर बाहिरिएको छ ।
उतको मृत्यु भएको पुष्टि गर्दै इन्डिया टुडेका पत्रकार राजदिप सरदेसाईले उनलाई ट्विटरको मार्फतबाट अन्तिम विदाई दिएका छन् ।
उनको दुखद मृत्यु प्रति समवेदना जनाउदै भारतीय प्रधानमन्त्री नरन्द्र मोदीले लेखेका छन् ‘रोहितले हामीलाई निक्कै चाँडो छोडेर गए । भरपुर उर्जाले भरिएका तथा भारतको प्रगतिका लागि लागिपरेका रोहितलाई धेरै व्यक्तिहरुले याद गर्नेछन् । उनको असमायिक निधनले मिडिया जगतमा ठुलो खाडल बनाएको छ । उनको परिवार, साथीहरु र उनलाई माया गर्नेहरु प्रति समवेदना’

साथै उनको निधनप्रति दुखित हुदै भारतिय पत्रकार, राजनितिज्ञ तथा वलिउड कलाकारहरु सबैले समवेदनता प्रकट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्