नोबेलमा दुई र वीपीमा एकजना संक्रमितको मृत्यु

नोबेलमा दुई र वीपीमा एकजना संक्रमितको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेल एण्ड टिचिङ अस्पतालमा दुईजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका तीनजनाको मृत्युभएको हो ।

नोबेलमा सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार ५४ र ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भएको थियो । सङ्क्रमित पुरुषलाई उपचारका लागि मङ्गलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी विराटनगर–१२ का ६७ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको हो । उनलाई बैशाख १७ मा अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १७ मा भर्ना गरिएका पुरुषको आज बिहान १ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्