अधिवक्ता खड्काको निधनप्रति दुःख व्यक्त गर्दै न्याय परिषद् सचिवालय बन्द

अधिवक्ता  खड्काको निधनप्रति दुःख व्यक्त गर्दै न्याय परिषद् सचिवालय बन्द

काठमाण्डौ

न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहनुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिनुभएका निराला भद्र तथा निर्भिक हुनुहुन्थ्यो । नेपालको न्यायापलिकाको विकासमा उहाँको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।
जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाउनुभएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्