कोभिड–१९ सङ्क्रमणबाट नेपाली सेनाका तीनजनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट नेपाली सेनाका तीनजनाको मृत्यु

नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।

सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको सिसीएमसीबाट थाहा भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्