कोभिड–१९ विरुद्ध खटिने फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति

कोभिड–१९ विरुद्ध खटिने फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति

विराटनगर । प्रदेश सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, ओसारपसार र शव व्यवस्थापनमा खटिने फ्रन्टलाइनर व्यक्ति संक्रमित भई निधन भएमा परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमितसँग दैनिक जोडिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सरसफाईकर्मी तथा कर्मचारीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तो क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले दिने रकम नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरि उपलब्ध गराईने भएको छ ।
बैठकले कोभिड–१९ संक्रमितका लागि खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, चालक, शवव्यवस्थापन तथा कर्मचारी समेतलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क उपचारको प्रवन्ध मिलाउने समेत निर्णय गरेको छ । संक्रमति भई होम आईसोलेशनमा बस्न सक्ने अवस्था नभएको खण्डमा समेत संस्थागत वा होटल आईसोलेशनमा राख्ने सुविधा सरकारले व्यवस्थापन गर्ने भएको छ ।

यसैगरी रोकथाम, नियन्त्र(ा, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालासहित प्रदेश सरकार मातहतका सबै अस्पतालको कोभिड वार्डमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सरसफाईकर्मी र कर्मचारीलाई सुरु तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता समेत प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जानकारी गराएको छ । संक्रमितको उपचारार्थ खटिनेहरु घरमा बस्न नसक्ने अवस्था आएमा होटलमा राख्ने सुविधा दिईने भएको छ । त्यसमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । सरकारले प्रदान गर्ने क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन वापतको खर्च सामाजिक विकास मन्त्रालयमार्फत बिनियोजित बजेटबाट हुने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्