सुनवर्षीमा गाईले कुल्चिएर बालिकाको मृत्यु

सुनवर्षीमा गाईले कुल्चिएर बालिकाको मृत्यु

रबिन्द्र बराल
रंगेली । मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा मंगलबार राति ७ बजे गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो ।

छिमेकी सुनवर्षी ९ का सहदेव यादवले गाई घर लैजाने क्रममा फुत्किएर मजमुलको घरको आँगनमा पुगेको थियो । त्यहि क्रममा आँगनमा खेलिरहेको बालिकालाई टेक्का उनको घटनास्थलमै मृत्यु भएको थियो । बालिकाको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्