शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं ११३३ एवम मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्