विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा , अर्डर गर्नेको संख्यामा वृद्धि

<span class='c1'>विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा</span> <span class='c2'>, अर्डर गर्नेको संख्यामा वृद्धि</span>

विराटनगर

विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको हो ।

हाल बिराटनगर लगायत इटहरी , रंगेली , इनरुवासम्म अनलाइन मार्फतबाट औषधिको अर्डर गर्नेको संख्या दैनिक रुपमा बढ्दै गएको संचालक विवेक दाहालले जानकारी दिए । उनले हाल ५० भन्दा बढि अर्डर अनलाईनबाट आउने गरेको बताए ।

नेपमेड्सबाट अनलाइन औषधि अर्डर गरेर घरमै ल्याइदिने सेवा सुचारु भएपछि समयको बचत भएको तथा कोरोनाको त्रासबाट मुक्त भएको नेपमेड्स प्रयोगकर्ताको अनुभव छ । हरेक औषधि सजिलै घरमै बसेर पाइने हुनाले नेपमेड्स पुर्वमा प्रभावकारी हुँदै आएको छ ।

बिराटनगर लगायतका पुर्वका बिभिन्न शहरमा नेपमेड्सका अनलाइन औषधि लगायतको सामग्री खरिद गर्ने ग्राहकको संख्या बढेको संचालकको दाबी छ ।

नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुबिधा दिने गरेको छ । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने संचालक दाहालले जानकरी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधिजन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपाली बजारमा आएको नेपमेड्सको एप्लिकेशन एप स्टोर तथा प्ले स्टोरमा उपलब्ध छ भने उनीहरुको वेबसाईट नेप्मेड्स डट कम डट एनपी बाट पनि औषधिको बारेमा सम्पूर्ण जानकारी लिन सकिने बताईन्छ ।

नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको तथा अन्य स्वास्थ्य सामग्रीहरुमा २५% सम्मको छुट प्रदान गर्दै आएको छ । केहि वर्ष अघि सुरू भएको नेपमडे्स अनलाईन फार्मेसीको रुपमा नेपाल मै चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्