इटहरीमा पाँच रुपैँया बढी मूल्यमा मास्क बिक्री गरे कारवाही

<span class='c1'>इटहरीमा पाँच रुपैँया बढी मूल्यमा</span> <span class='c2'>मास्क बिक्री गरे कारवाही</span>

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिएको छ । बिहीबार बजार अनुगमन गरेर तीन रुपिँयामा खरिद गरेको मास्कको प्रतिथान मूल्य पाँच रुपैँया बढी नलिन व्यवसायीलाई निर्देशन दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको थियो । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म बढिमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिनुभयो ।
पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल मास्क खरिद गरेको बिल समेत देखाएका थिएनन् । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा बिक्री गरेको समेत पाइएको थियो ।

राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई बढि मुनाफा राखेर नबेच्न सचेत गराइएको,सर्जिकल माक्स पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिइएको वताउनुभयो । निर्देशन पालना गराउन थप कडाइ गरिने दावी गरिएको छ ।
खरिद मूल्य र अधिकतम बिक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगलाई समेत सचेत गराउने तयारी गरिएको छ । सर्वसाधारण मास्क किन्न नसकेर एउटै माक्स धोएर लगाइरहेका छन,वजारमा यस्तो छ,पाँच रुपियाँमा वेच्दा दोब्वर बढि फाइदा हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्