विराटनगरमा निषेधाज्ञा अवज्ञा गर्ने ८ व्यापारी प्रहरी नियन्त्रणमा

विराटनगरमा निषेधाज्ञा अवज्ञा गर्ने ८ व्यापारी प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा अवज्ञा गर्ने विराटनगरका व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोभिड १९ को संक्रमण तिब्र हुँदै गएपछि प्रशासनले मोरगं जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञा अवज्ञा गर्दै पसल खोलेको आरोपमा उनीहरुलाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
मोरगं प्रहरीका प्रवक्ता डिएसपि मान बहादुर राईले निषेधाज्ञाको समयमा पसल खोल्ने ८ व्यापारीलाई नियन्त्रणमा लिईएको बताउनु भएको छ । नियन्त्रणमा लिईएका व्यापारीहरुलाई कानुन अनुसारको जरिवाना तिराएर छोडिने प्रवक्ता राईले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्