मोरगं जिल्लामा थपियो निषेधाज्ञा

मोरगं जिल्लामा थपियो निषेधाज्ञा

कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यलय मोरङले जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्लाभर नै लागुहुने गरि एकहप्ता निषेधाज्ञा थप गर्ने निर्यण गरिएको हो ।

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख 24 गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।

यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो । समितिले प्रत्येक पालिकालाइ समेत संक्रमितको उपचार, नागरिक सचेतना, एन्टिजेन परीक्षण तथा अक्सिजन सुविधासहितको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी कोशी कोभिड अस्पतालको पुरानो प्रशासनिक भवनमा रहेका बेड सञ्चालनका लागि आवश्यक स्तरोन्नति गर्ने, परीक्षणका लागि आवश्यक मेशिन तथा किट स्वास्थ मन्त्रालयसँग माग गर्ने, आइसोलेशन स्थापनाका लागि सामाजिक विकास मन्त्रालयलाइ अनुरोध गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्