कोभिड संक्रमितलाई आवश्यक पर्ने’ रेमदेसिविर इन्जेक्शन ‘ कालोबजारी गर्ने एक व्यक्ति पक्राउ “

कोभिड संक्रमितलाई आवश्यक पर्ने’ रेमदेसिविर  इन्जेक्शन ‘  कालोबजारी गर्ने एक व्यक्ति पक्राउ “

काठमाण्डौं

हाल विश्‍वभरी माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमित व्यक्तिरेमदेसिविर इन्जेक्शन ' को कालोबजारी गर्ने एकजनालाई काठमाण्डौंबाट प्रहरीले आज नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्थायी जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ घर भएका वर्ष २५ का रफिक मियाँ रहेका छन्। हाल मिया काठमाण्डौं जिल्ला स्थित टोखामा बस्दै आएका थिए।

'
इन्जेक्सनको कालोबजारी भैरहेको छ भन्ने सुचनाका आधारमा अनुसन्धान गर्ने क्रममा मियालाई ६ थान इन्जेक्सनका साथ पक्राउ गरिएको र हाल उनलाई महानगरीय अपराध महाशाखा,मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। मियाँले ६ थान इन्जेक्सनको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित बसुन्धरामा बिक्री वितरण गर्दै आएको ६ थान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

पक्राउ मियाँले काठमाण्डौं जिल्ला महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएकोमा हाल निज दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको छ ।

उक्त इन्जेक्शन बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको भन्ने बुझिएको छ । उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्‍याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्