कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या थपिए

कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या थपिए

बेलझुण्डी

कोरोना विशेष अस्पताल बेलझुण्डीमा १०० शय्या सञ्चालनमा आएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार यसअघि ४२ शय्या सञ्चालनमा थिए । शय्या थपिएसँगै अहिले ५७ बिरामीलाई राखिएको छ । शय्या थपिए पनि अक्सिजन सिलिण्डर नथपिएको भन्दै समस्या हुने गरेको ओलीले दुखेसो पोख्नुभयो ।

जिल्लाको घोराहीस्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएसँगै जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि तुलसीपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्यााउने गरी प्राविधिकसँग छलफल गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्