उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाण्डौ

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ ।

नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरी लगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने जानकारी दिनुभयो । “कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्