कोरोना संक्रमितलाई प्रयोग गरिने ‘रेमडिसिभर’नक्कली ! विराटनगरबाट कारोबारी पक्राउ

कोरोना संक्रमितलाई प्रयोग गरिने ‘रेमडिसिभर’नक्कली ! विराटनगरबाट कारोबारी पक्राउ

विराटनगर । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडेसिभिर’ इन्जेक्सन नक्कली बनाएर बिक्री वितरण हुने गरेको पाइएको छ । संकटका बेला सक्रिय रहेको गिरोहका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

प्रहरीले नोबेल मेडिकल कलेज विराटनगर अगाडी सञ्चालनमा रहेको साथी फार्मेसीका सोनु आलम र कामदार श्रवण यादवलाई नक्कली इन्जेक्सनसहित पक्राृ गरेको छ । उनीहरुले ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर महंगो मूल्यमा नक्कली रेमडिसिभिरको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिशिविर भन्दै विरामीलाई बिक्री वितरण गरेको सूचनाका आधारमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीकोे टोली र मोरङ प्रहरीले उनालई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडेसिबर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई फार्मेशीदेखि पक्राउ गरेको थियो ।

मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले नक्कली इन्जेक्सन बिक्री वितरण गरेको सूचना बाहिरिएपछि छापा हानेर पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले साथी फार्मेसीका सञ्चालक कामदार बाहेक अन्यलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मुल्य लिएर विरामीका आफन्तलाई विक्री गर्दै आएको खुलेपछि प्रहरीले कडाईपूर्वक फार्मेसीहरुको निरागनी राख्ने भएको छ ।

स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिडने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले जानकारी दिएको छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिभाइटिक औषधि हो । भारतमा पाइने रेमडिसिभिर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर औषधी क्षेत्रका गिरोहले नक्कली स्टिगर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा रेमडिसिभिरको लेबल लगाएर ७ हजारदेखि २० हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तहरूलाई विक्री गर्दै आएका छन् । यसरी अहिले विराटनगरमा नक्कली रेमडिशिविर विक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेमडिशिविर चर्को मुल्य असुली गरेर विक्री गर्दछन् ।

पक्राउ परेका फार्मेशी संचालक आलमले कति मुल्य नक्कली रेमडिशिविर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आमल यसअघि फार्मेशीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेशीमा काम सिकेपछि केही वर्षअगाडीदेखि उनले आफै नोबेल अगाडी औषधी पसल खुलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्