टिकटक बनाउने क्रममा धरानका एक युवाको उदयपुरको हर्देनी भीरबाट लडेर मृत्यु

टिकटक बनाउने क्रममा धरानका एक युवाको उदयपुरको हर्देनी भीरबाट लडेर मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे सडकमा बिग्रिएको बेला यात्रु ओर्लेर टिकटक बनाउने क्रममा झरेर मृत्यु भएको हो ।

सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका थिए । उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्