निषेधाज्ञाको सातौँ दिनसम्म विराटनगर सुनसान (फोटो फिचर)

निषेधाज्ञाको सातौँ दिनसम्म विराटनगर सुनसान (फोटो फिचर)

विराटनगर । दोस्रो चरणको कोरोना भाईरस कोभिड १९ को माहामारीको उच्च जोखिम तथा नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा आज ७ औँ दिन पुगेको छ । ७ औँ दिनसम्म आईपुग्दा विराटनगरमा अन्य दिन भन्दा आज शनिबार भने सुनसान देखिएको छ । विराटनगरका सबै वडाहरुमा कोरोना संक्रमित देखिएपछि नागरिकहरुले निषेधाज्ञालाई पालना गर्नथालेका छन् ।

संक्रमितसँगै मृत्यु हुनेकोसंख्या समेत दैनिक थपिदैं जान थालेको छ । यसको लागी प्रशासनले पछिल्लो केहीदिन अत्याआवश्यक बाहेक घरबाट निस्कनेलाई जरिवाना तिराउन थालेपछि सडकमा मान्छेको आउजाउ कम हुन थालेको हो ।

प्रशासनले संक्रमण ऐन अन्र्तगत जरिवाना तिराउन थालेपछि आमसर्वसाधरणहरु सजक हुन थालेका छन् । प्रशासनले विहान ६ बजेदेखी १० बजेसम्मलाई केही निषेधाज्ञालाई खुकुलो बनाएता पनि दिउसोको समयमा भने कडाई गर्न थालेको छ । कडाई गर्न थालेपछि अन्य दिन भन्दा शनिबार भने विराटनगर बजार पुरै सुनसान देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्