एरिनाले थाल्यो अटो एम्बुलेन्स सेवा

एरिनाले थाल्यो अटो एम्बुलेन्स सेवा

विराटनगर । समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ आजबाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात नयाँ प्रजातिबाट संक्रमित हुनेहरुको दरलाई कम गर्दै जनस्वस्थ्यलाई सुरक्षित राख्ने उद्देश्य सहित एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो ।

इटहरी उपमहानगर पालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ यो कार्यको थालनी गरिएको इटहरी उपमहानगर पालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताएकी छिन् । इटहरी उमहानगरपालिकाले सेवाका लागि खटाएको दुई ओटा एम्बुलेन्स अपार्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उनको भनाई छ ।

यसैगरी उनले पाचँ ओटा अटो चालकहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्देै उपचार सेवा सुनसरीका अस्पतालहरुबाट सजिलै लिन सकिने पनि बताएकी छिन् । कोरोनाको बढ्दो संक्रमणसँगै विरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले सो अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवा दिन थालिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताएका छन् । अन्य राष्ट्रसँगै नेपाल पनि कोरोनाको जोखिममा परेकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ५ ओटा अटो एम्बुलेन्स सेवाको थालनी गरिएको कार्कीले बताएका छन् ।

टेलिभिजन र सञ्चार माध्यम मनोरञ्जनात्मक माध्यम मात्र नभएर समाजिक सेवाको एक गतिलो माध्यम समेत बन्न सक्ने भन्दै उनले एम्बुलेन्स सेवा सुरु गरिएको धारणा राखेका छन् । यसैगरी कोरोना परिक्षण अर्थात पिसिआर टेष्ट गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरका उप प्रमुख,एरिना टेलिभिजनका प्रबन्ध निर्देशक, इटहरी वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपाने र अटो चालकहरुको उपस्थिती रहेको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्