नोबेलमा तीन र वीपीमा एकजनाको मृत्यु

नोबेलमा तीन र वीपीमा एकजनाको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना गरि चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो भने वीपीमा मोरङ ग्रामथान–५ का ५० वर्षीय पुरुषको शनिबार राती १०ः१५ बजे मृत्यु भएको हो ।

नोबेलमा आइतबार विहान २ः३० बजे धरानका ६६ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । यसैगरी ३ः३० बजे विराटनगर १ त्रिवेणी चौक घर भएका ७६ वर्षिय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

सिराहको कल्याणपुर ४ की ३८ वर्षिय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबलेमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्